आईपीओ निष्कासनका लागि हिमालयन हाइड्रोपावरले पायो बोर्डबाट अनुमति
४ बैशाख २०७९, आईतवार १८:२५
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बैशाख ४ गते २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएसँगै अब पहिलो चरणमा स्थानीय बासिन्दाका र दोस्रा चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । साथै कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।