नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

४ बैशाख २०७९, आईतवार १५:२१

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा राताम्य भएको छ । आज नेप्से २९.६० अकंले घटेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से ओरालो लाग्दा कारोबार समेत खुम्चिन पुगेको छ । कारोबार आज १ अर्ब ४४ करोड रुपैयाँमा सिमित हुदाँ नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ४.०३ प्रतिशत, सामुदायिक लघुवित्तको ३.९८ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ३.३३ प्रतिशत, एनआईसी एशिया ब्यालेचर फण्डको १.९९ प्रतिशत र सांग्रीला डेभलपमेन्ट बैंक डिबेञ्चरको १.९८ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*