समता घरेलु र उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन
काठमाडौं । दुई अलग अलग लघुवित्तले नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासनका गर्नका लागि आवेदन दिएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि आवेदन दिएको हो ।
समता घरेलु लघुवित्तले प्रतिकित्ता १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्नका लागि चैत २९ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
उन्नति सहकार्यले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसले अंकित मूल्य १०० रुपैयाँमा ५९ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १५९ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।