पाँच जना संचालन नियुक्त गर्दै नेपाल फाईनान्सको साधारण सभा सम्पन्न

४ बैशाख २०७९, आईतवार १०:५४

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा शनिबार (बैशाख ३ गते) सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा हिरेन्द्रमान प्रधान, राजन प्रजापति, विकेश शाक्य र दिप्रश शाक्य गरी ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट लक्ष्मी महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै, संस्थाले अन्य कुनै उपयुक्त बैक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*