नेपाल अरनिको हाइड्रोपावरको साधारण सभा बैशाख २६ गते, के के छन् एजेण्डा ?
४ बैशाख २०७९, आईतवार १०:४३
काठमाडौं । नेपाल अरनिको हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बैशाख २६ गतेका लागि बोलाएको छ । सभा कम्पीको रजिष्टर्ड कार्यालय भत्तपुरमा बिहान ११.३० मा बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७५।०७६ को लेखा परीक्षकको प्रतिवेदन सहित २०७६ आषढ मसान्त सम्मको वासलात र आर्थिक वर्ष २०७५।०७६ को वार्षिक नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने छ ।
साथै सभाले आर्थिक वर्ष २०७६०७७ को लागि लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूचि रहेको छ ।