सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँको आवेदन
२ बैशाख २०७९, शुक्रबार १६:४७
काठमाडौं । सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँकाे आवेदन परेकाे छ । कम्पनीको आइपीओमा ४१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेकाे हाे। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज दिउँसो ३ बजेसम्ममा ३ लाख ५३ हजार ५८७ जनाले ४१ लाख १७ हजार ९५० कित्ताका लागि आवेदन दिएको जनाएको छ ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ११.१४ गुणा बढी आवेदन हो । कम्पनीले आज (वैशाख २ गते) बाट ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो ।