सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रलाई बोर्डको अनुमति
२ बैशाख २०७९, शुक्रबार १६:३७
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले २ अर्ब २० करोड रुपैयाँको बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९ गते अनुमति पाएको हो । जसमा ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।