गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

२ बैशाख २०७९, शुक्रबार १५:५१

कााठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ ।कम्पनीले नवलपरासीको बिनयी त्रिवेणी गाँउपालीका ३ स्थित स्व. सुमन राना मगरको बीमा रकम भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीले रानाको मृत्यु पश्चात बीमितले इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको चेक ५ लाख ९३ हजार ३२० रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमले बैशाख १ गते बुधबार नारायणगढ शाखामा एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरेका हुन् ।स्व. सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाखको सावधीक जीवन बीमा गरेका थिए । कम्पनीका शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*