तीन बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा

२ बैशाख २०७९, शुक्रबार १५:४६

काठमाडौं । तीन वटा बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा हुदैछ । बैशाख भित्र एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स र नयाँ सारथी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको हो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले कम्पनीको अधिकृत पूँजी बृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित समेत गर्नेछ ।

आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने सभाको एजेण्डा रहेको छ । त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि साधारण सभा प्रयोजनार्थ (बुकक्लोज) चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म तोकेको छ । यसअनुसार चैत २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुमात्र उक्त सभामा उपस्थित हुन र सो शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा बैशाख २३ गते टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमामा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको छ ।

सभाले आार्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७÷०७८ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, उक्त सभाले संचालक समितिममा संस्थापक शेयरधधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने कार्य सूचि समेत रहेको छ । सभाले सामुहिक लगानी कोष सञ्चालन गर्ने र सो स्थापनाको लागि प्रवन्धपत्रमा उद्देश्य थप गर्ने, यस कम्पनी र अन्य कुनै जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले लेखापरीक्षण (डिडिए) गर्नको लागि लेखापरीक्षक (मुल्यांकनकर्तां) नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्य सूचि समेत सभामा समावेश गरीएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । सो बुक क्लोजको साधारणमा बैशाख १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा वैशाख २१ गते अग्रवान भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी बोलाएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३७ लाख ३७ हजार ६९८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गर्नेछ । र अन्य निर्जिबन बीमा कम्पनीसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीतर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीतर्फबाट २ जना संचालक समिति निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ २०७९ साल वैशाख १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार वैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कायम शेयरधनीहरुले मात्र प्रस्तावि लाभांश पाउनेछन् ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले तह्रौ वार्षिक साधारण सभा वैशाख १० गते प्रधान कार्यालय, धुलिखेख काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले सर्वसाधारणको लागि छुट्याईएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिइ थप सार्वजनिक निष्काशन एफपीओ निष्काशन गर्ने सम्बन्धमा संचालक समितिलाई प्रत्यायोजन गर्ने विषयलाई अनुमोदन गर्नेछ । साथै एफपीओ निष्काशन पश्चात् पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, अन्य कुनै संघ।संस्था सँग गाभ्ने।गाभिने वा प्राप्ति गर्ने विषयलाई अनुमोदन गर्नेछ । साथै आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र साविक सारथी लघुवित्त, सत्यवती लघुवित्त र नयाँ नेपाल लघुवित्त संस्था एक आपसमा गाभिई एकिकृत कारोबार हुनु अघिसम्मको वित्तीय विवरण सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज) चैत २३ गतेदेखि वैशाख १० गतेसम्म तोकेको छ । यसअनुसार चैत २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र सो शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल फाइनान्स लिमिटेड
नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा भोलि (बैशाख ३ गते) बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जनाको निर्वाचन गर्ने कार्य सूचि समेत रहेको छ ।

साथै संस्थाले अन्य कुनै उपयुक्त बैक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*