नेपाल फाईनान्सको २६औं वार्षिक साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा भोलि (बैशाख ३ गते) बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जनाको निर्वाचन गर्ने कार्य सूचि समेत रहेको छ ।
साथै संस्थाले अन्य कुनै उपयुक्त बैक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।