राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी सिईओ विहिन

२ बैशाख २०७९, शुक्रबार १२:३९

काठमाडौं । बीमा समितिले तीन महिना भन्दा बढी सिईओ विहिन नराख्न बीमकहरुलाई निर्देशन दिईसकेको छ । समितिको निर्देशन अनुसार समयमै केही बीमा कम्पनीहरुले अझै पनि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गर्न सकेका छैनन् ।

समितिले मंसिर १६ गते बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै कम्पनीहरुले सीइओ पद रिक्त भएको मितिले तीन महिना भित्रमा नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्था अनुरुप बीमा कम्पनीहरुले सिईओ नियुक्त गर्न ढिलाई गरेका छन् । कम्पनीहरुको सिईओ नियुक्तको लागि पटक पटक निर्देशन दिएपनि नमानेको भन्दै समितिले निर्देशन नै जारी गरेर रिक्त पदमा तीन महिनाभित्र अनिवार्य नियुक्त गर्न निर्देशन दिईसकेको छ ।

समितिले सिइओ नियुक्त गर्न ढिलाई भएको विषयमा बीमा कम्पनीहरुसँग स्पष्टिकरण समेत मागेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिईओ नियुक्तिको लागि किन ढिलाई भएको हो भन्दै स्पष्टिकरण मागिसकेको बताए । उचित जवाफ नआए कम्पनीलाई कार्वाहीको भागीदार बन्न तयार रहन उनले चेतावनी दिएका छन् ।

हाल नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरन्स र राष्ट्रिय बीमा कम्पनीले हालसम्म पनि सिइओ नियुक्त गर्न सकेका छैनन् । निजि कम्पनीले नियामक निकायको कुरा नमाने पनि सरकारी कम्पनीले समेत नियामक निकायको निर्देशिकाको उल्लंघन गरेको हो ।

निर्जिवन बीमा कम्पनीको तर्फबाट नेपाल इन्स्योरेन्स गत साउनदेखि नै सिइओको नेत्तृतव विहिन छ । कम्पनीका तत्कालीन सिइओ विजय बहादुर शाह कार्यकाल सकाएर बाहिरीएपछि कम्पनीले अझै सिइओ नियुक्त गर्न सकेको छैन् । पुराना निर्देशिकामा छ महिनाभन्दा बढि समय सिईओ विहिन राख्न नपाइने भन्ने व्यवस्था थियो । नेपाल इन्स्योरेन्स कम्पनीमा सो नियम समेत उल्लंघन भइसकेको छ ।
अहिले कम्पनीको कामु सिइओ विके महर्जन छन् । पु्रडेन्सियल इन्स्योरेन्सको कुलिङ पिरियड नसकिएको कारण महर्जन कामु सिईओमा नियुक्त भएर काम गरिरहेका छन् । उनलाई कुलिङ्ग पिरियड सकिएलग्त्तै कम्पनीको सिईओमा नियुक्त गर्ने पखाईमा कम्पनी रहेको स्रोतले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिृकत डिल्लीराज अर्याल बाहिरिए पछि सरकारले सिइओ नियुक्त गर्न सकेको छैन् । सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच कुरा नमिल्दा सिइओ नियुक्तीमा ढिलाई भइरहेको छ ।त्यसैले अर्थमन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त गरेर पठाएको छ ।
कम्पनीले नेप्से मार्फत सूचना प्रकाशित गर्दै मन्त्रालयका उप सचिव (लेखा) ओझालाई सिईओमा नियुक्त गरेको जनाएको हो । चैत १३ गते अर्थ मन्त्रिस्तरको बैंठकले ओझालाई सिईओ पदको कामकाज गर्ने जिम्मेवारी तोकिएकोमा कम्पनीको चैत १५ गते बसेको संचालक समितिको बैठकले मन्त्रालयमा कार्यरत उप सचिव ओझालाई सिईओको काम कर्तब्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको हो ।
उता, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा पनि सिईओ पद रिक्त छ । तर, उक्त कम्पनीको भने तीन महिना पुगिसकेको छैन । साथै सिईओ नियुक्तीको प्रक्रिया सुरु हुन लागेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*