कुमारी बैंक ‘कुमारी डबल धमाका’ अफर सार्वजनिक
१ बैशाख २०७९, बिहीबार १५:१२
काठमाडौं । कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो ।
यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । यो मुद्दती निक्षेपमा ९० प्रतिशतसम्म कर्जा सुविधा समेत उपलब्ध हुन्छ ।
आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको जनाएको छ ।बैंकले हाल देशभर १९७ शाखा संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई बाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।