राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित

१ बैशाख २०७९, बिहीबार १३:४१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु भएको छ । संविधन दिवसको अवसरमा घोषणा गरिएको पदक तथा विभुषण नयाँ वर्षको दिन बैशाख १ गते वितरण गर्ने प्रचलन अनुसार आज विभुषित गर्नु भएको हो ।

पन्त नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समेत छन् । लामो समय बीमा क्षेत्रमा योगदान पुर्याएर गरिबी न्यूनिकरण तथा जोखिम रक्षावरणमार्फत देश र समाजको सेवा गरेबापत उक्त पदकबाट विभुषित गरिएको हो ।

सिईओ पन्तले बीमा क्षेत्रमा पुर्याएको योगदानको दर गर्दै सरकारले उहाँलाई प्रबल जन सेवाश्री पदकबाट विभुषित गर्ने निर्णय गरेको थियो । २०७५ सालमा एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएपछि पन्तले कम्पनीलाई प्रगतिपथमा अघि बढाएका छन् । कम्पनीले सरकारले अनुदान समेत दिएर प्राथमिकतामा राखेको कृषि तथा पशुपंक्षी बीमामा निकै ठूलो योगदान गरेको छ ।

देशकै प्रतिष्ठित प्रबल जनसेवाश्री पदकबाट विभुषित हुन सफल एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई बीमापोष्ट डटकम परिवार बधाई ज्ञापन गर्दै अझै दृढताका साथ बीमाको माध्यमबाट जनताको सेवा गर्ने हौसलाको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*