ग्रीन भेन्चर्स लिमिटेडको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

१ बैशाख २०७९, बिहीबार १२:१३

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ तर नेप्सेमा सूचीकृत हुन भने बाँकी छ ।

सो कम्पनीको आइपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ ।
कम्पनीको आइपीओले ओपनिङ्ग रेञ्ज ९१ रुपैयाँ ६ पैसादेखि २७५ रुपैयाँ ४ पैसा सम्म पाउने देखिएको छ ।

कम्पनीको आव २०७७।७८ को बास्तविका प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ८६ पैसा रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आइपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म कुल ३१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये १ लाख ५६ हजार २५० कित्ता कर्मचारीका लागि,९३ हजार ७५० कित्ता कर्मचारीको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

यस आईपीओ खरीदका लागि कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ । योग्य २१ लाख ६ हजार ५१६ आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँटमा सहभागी गराइएको थियो । जसमध्येबाट २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*