नबिल बैंकले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्यायो क्यासब्याक योजना

१ बैशाख २०७९, बिहीबार ११:३१

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले आज (बैशाख १ गते) देखि लागू हुने गरी उक्त योजना ल्याएको हो ।

नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर–कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरेको बैंकले जनाएको छ ।

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ । सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रति कारोबार २ सय रुपैयाँ र प्रति दिन प्रति मर्चेन्ट अधिकतम ५ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ ।

यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*