अब लाइभ फ्लोरसिटको विवरण कारोबार सकिएपछि मात्र हेर्न पाईने

३० चैत्र २०७८, बुधबार १४:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्च (नेप्से) लाई लाइभ फ्लोरसिट विवरण कारोबार सकिएपछि मात्र देखाउन निर्देशन दिएको छ । अवधिभर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोरसिट हेर्न नपाउने भएका हुन् ।

कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबार संलग्र धितोपत्र दलाल ब्यवसायी तथा धितापत्र ब्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन बोर्डले निर्देशन दिएको हो । धितोपत्र बजार संचालन नियमावली २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण समय पश्चात प्रवाह गर्ने ब्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।

कोरोना महामारीको समयमा धितोपत्र दलाल ब्यवसायी (ब्रोकर) हरुको कार्यालयमा बन्द भएको स्किृन एक्जिविसन रुम खुला हुने भएको छ । धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई उक्त रुम खोज्न निर्देशन दिएको हो । यसअघि लगानीकर्ताहरुले लाइभ फलोरसिट हेर्न पाउने व्यवस्था थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*