बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच छुट सम्बन्धी सम्झौता
३० चैत्र २०७८, बुधबार १३:०९
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२.५ प्रतिशत छुट पाउने समझदारी भएको हो ।
बैंकले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दे आफ्ना ग्राहकहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवन उपलब्ध हुने विशेष प्याकेजमा उक्त छुट पाउने छन् । उक्त छुट प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले डेबिट कार्ड र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
ल्याण्डमार्ड होटलको काठमाडौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।