एक लाख ४ हजार बीमा अभिकर्ता र सर्भेयरले गराए लाईसेन्स नविकरण

३० चैत्र २०७८, बुधबार १३:०९

काठमाडौं । एक लाख ४ हजार भन्दा बढी बीमा अभिकर्ता र सर्भेयरहरु अनलाइन माध्यमबाट लाइसेन्स नवीकरण गरेका छन्।बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएका साढे ३ लाख अभिकर्ताहरूमध्ये हालसम्ममा एक लाख ४ हजार जनाले लाइसेन्स नवीकरण गरेका हुन् ।

यसअघि नविकरण गराउने प्रकृया झन्झटीले भएको भन्दै बीमा समितिले चैत ८ गतेदेखि अनलाइन माध्यमबाट अभिकर्ता र सर्भेंयरहरुलाई लाइसेन्स नवीकरण गर्ने व्यवस्था मिलाएको थियो । कनेक्ट आइपीएसको सहकार्यमा लाइसेन्स नवीकरण हुने व्यवस्था मिलाएको हो ।बीमा समितिको तथ्यांक अनुसार यो बर्ष अनलाईन मार्फत बीमा गराउनेको सङख्या उत्साहजन रहेको बीमा समितिले जनाएको छ ।

त्यस्तै, उनका अनुसार हालसम्म ६ हजार भन्दा जना बीमा सर्भेयरले आफ्नो लाइसेन्स नवीकरण गरेका छन् ।बीमा अभिकर्ता र सर्भेयरले चैत मसान्तभित्रमा अनिवार्यरुपमा लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ।

चैत मसान्त भित्रमा नवीकरण नभएमा वैशाख लागेसँगै विलम्ब शुल्क सहित नविकरण रकम भुक्तानी गर्न पाउने प्रावधान रहेको छ । अभिकर्ताहरूले चैत मसान्तसम्म आफ्नो लाइसेन्स नवीकरण गर्दा २०० सय रुपैयाँ राजस्व बुझाउनु पर्ने हुन्छ । वैशाखदेखि असार महिनासम्ममा लाइसेन्स नवीकरण गर्ने अभिकर्ताले ३ सय रुपैयाँ राजस्व समेत बुझाउनुपर्ने हुन्छ ।

अभिकर्ताले २०७९ सालमा काम गर्न २०७८ चैत मसान्तसम्ममा इजाजतपत्र नवीकरण गरिसक्नुपर्छ । थप दस्तुर तिरेर २०७९ असोज मसान्तसम्ममा इजाजतपत्र नवीकरण गर्न सकिने प्रावधान छ ।

असार मसान्तसम्म अभिकर्ताले थप ३ सय रुपैयाँ दस्तुर तिरेर लाइसेन्स नवीकरण गर्न सक्छन् । तर, असारदेखि असोज मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा भने अभिकर्ताले दिन गन्तिका हिसाबले ५ रुपैयाँ राजस्व थप लाग्ने समितिको भनाइ छ ।

असोज मसान्तसम्ममा पनि लाइसेन्स नवीकरण नगर्ने अभिकर्ताको लाइसेन्स खारेज गरिने बीमा समितिको नभाइ छ ।बीमा समितिकाअनुसा र साढे ३ लाख अभिकर्ताले इजाजतपत्र लिएको बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*