सन नेपाल लाइफको बिरजंज शाखाले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ

३० चैत्र २०७८, बुधबार १२:३३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले देवाही गोनाही–६, रौतहटमा स्वर्गीय अर्जुन महतोको घरमा पुगेर उनकी श्रीमति सीता देबीलाई १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक सो गाउँको वडाध्यक्ष तथा भद्र भलादमीहरुको उपस्थितिमा सन नेपाल लाइफको बिरगंज शाखाले सीता देबीलाई प्रदान गरेको हो ।

उक्त कार्यक्रममा बिरगंज शाखा कार्यालयका शाखा प्रबन्धक श्रीराम प्रसादका साथै गरुडा उप शाखा प्रमुख रामसोगारथ यादव र मार्केटिङ म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बिरगंज शाखा प्रबन्धक श्रीराम प्रसादले बीमा जनचेतना सम्बन्धि विचार राखेका थिए ।

बीमित महतोले बिदेश जानु भन्दा पहिला सो कम्पनीमा १० लाख रुपैयाँ बीमाङ्कको बैदेशिक म्यादी जीवन बीमा गरि बिदेश गएको बेला कोभिड–१९ को इन्फेकसनबाट मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*