नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति?

३० चैत्र २०७८, बुधबार १२:०५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक तरखर गरिरह्दा पुनर्बीमाले आज आफनो वित्तिय विवरण सार्वजनिक गरेको हो ।

कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा २ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीले कुल बीमाशुल्क आर्जएन १२ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिसम्ममा निर्जिवन बीमा कपनीहरुबाट १६ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। गत अािर्थक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३३ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुबाट यस त्रैमाससम्मको अवधिमा ७ करोड ५० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । गत अािर्थक बर्षको कम्पनीले ५ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले २४ करोड १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घटेको छ। त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३७ करोड १५ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट २ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्क समीक्षा अवधिमा ७.०२ प्रतिशत बढेको हो ।

यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ३४ लाख ६४ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १० करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले यस अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ ६५ करोड ३५ लाख रुपैयाँ र जीवन बीमातर्फ २७ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा ५ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात १३४.२६ गुणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*