१० प्रतिशत लाभांश प्रस्ताव सहित साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा आज बस्दै

३० चैत्र २०७८, बुधबार १०:४५

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५५औं वार्षिक साधारण सभा आज (चैत ३० गते) बस्दै छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सोही आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज) चैत १५ गतेदेखि चैत ३० गतेसम्म गरेको छ । यसअनुसार चैत १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*