विजय लघुवित्तद्धारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा

३० चैत्र २०७८, बुधबार १०:३६

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २४ गते सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पारित २० दशमलव ०३११ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले पुस ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जनाएको छ । साथै सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*