प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने भोलि अन्तिम दिन

२९ चैत्र २०७८, मंगलवार १५:५७

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने भोलि (चैत ३० गते) अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

जसमा १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकले बाँकी १५ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । प्राइमले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ब्याजदर १० प्रतिशत तोकिएको छ । प्राइमले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ जारी गरेको हो ।

यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरीदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*