हिमालयन डिस्टिलरीसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२९ चैत्र २०७८, मंगलवार १५:२१

काठमाडौं । पछिल्लो समय देशमा आर्थिक संकट चुलिँदै गइरहेको छ । यसअर्थमा विभिन्न शेयर विषेशज्ञ तथा ठूला लगानीकर्ताहरुले आर्थिक संकटका कारण शेयर बजार घट्न पुगेको अनुमान लगाइरहेका छन् ।

आज नेप्से परिसूचक ३४ अंकले घट्दा कारोबार समेत ह्वात्तै घट्न पुगेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि शेयरबजार बढ्ने प्रक्षेपण गरिएतापनि कारोबार र नेप्से मार्केट इन्डेक्स हेर्दा शेयरबजारमा प्रतिकुल प्रभाव परेको देखिन्छ ।

आज नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

परिसूचक घटेसँगै शेयरको मात्रा र रकम समेत ह्वात्तै घट्न पुगेको छ । भर्खरै धितोपत्र दोस्रो बजारमा छिर्नेहरु पनि आफुसँग भएको केही मात्रा शेयर धमाधम बेचेर बाहिरिने हाबी भएको छ ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिस्टिलरीको हुन पुगेको छ । कम्पनीको आज एकैदिन ५ करोड ७५ लाख १ हजार ५५० रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको ४ करोड ३४ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ८८ लाख रुपैयाँ, निफ्राको ३ करोड ७० लाख र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*