नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । सोमबार ४६ अकंले नेप्से आज भने ३४.७८ अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से राताम्य हुदाँ कारोबार समेत खुम्चिएको छ । आज कारोबार १ अर्ब ५२ करोडमा सिमित हुदाँ एक कम्पनीको शेयरमा सर्किट लागेको छ । नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, एनआईशि एशिया सेलेक्ट फण्डको ३.५३ प्रतिशत, प्राइम डिबेञ्चरको २ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको २ प्रतिशत, मन्जुश्री फाइनान्स डिबेञ्चरको १.९९ प्रतिशत र सनराइज डिबेञ्चरको १.९९ प्रतिशतले बढेको हो ।