विप्रेषण आप्रवाह घटेर ६ खर्बमा सीमित

२९ चैत्र २०७८, मंगलवार १४:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचाङ्क सार्वजनिक गरेको छ । उक्त सार्वजनिक सूचाङ्कअनुसार समिक्षा अवधिमा विप्रेषण आप्रवाह घट्न पुगेको छ ।

आज प्रकाशित तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५ प्रतिशतले बढेको थियो ।

त्यस्तै, अघिल्लो आवको फागुन मसान्तसम्ममा ७.२ प्रतिशतले बढेको खुद ट्रान्सफर चालु आवको आठ महिनासम्ममा खुद ट्रान्सफर २ प्रतिशतले घटेर ७ खर्ब ४ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा २४०.९ प्रतिशतले बृद्धि भई एक लाख ७८ हजार २६२ जना पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*