अर्थतन्त्र स्थीर अवस्थामा, ८ महिनाको वित्तीय अवस्थाले देखायो आशलाग्दो अवस्था

२९ चैत्र २०७८, मंगलवार १४:३७

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले सार्वजनिक गरेको छ । नेपाल राष्ट्रले सार्वजनिक गरेको तथ्यांक बमोजिम गत बर्षको सोहि अवधिमा पनि आर्थिक तथा वित्तीय स्थितिको अवस्था यस्तै रहेको थियो ।

आज सार्वजनिक तथ्यांक अनुसार बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधारतर्फ अगाडि बढ्दै गएको राष्ट्र बैंकले प्रकाशन गरेको सूचांकले देखाएको छ । अर्थमन्त्रालयले हिजो पत्रकार सम्मेलन आयोजना गर्दै अर्थतन्त्र धराशायी स्थीतीमा नरहेको र सुधार हुँदै जाने बताएका थियो ।

आर्थिक वर्ष २०७८/ ७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७८ फागुनमसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*