एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखाद्धारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२९ चैत्र २०७८, मंगलवार ११:५९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरि शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

इन्स्योरेन्सले पथरि सनिश्चरे–७ मोरङ्गमा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको घरमा गई १७ लाख ५८ हजार ७८९ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

एशियन लाइफको पथरी कार्यालयको घरधनी बीमित लिम्बुले २०७५ साल कात्तिक ३० गते १५ लाख रुपैयाँको बीमा गराएकी थिइन् । उनले २० वर्षे सो कम्पनीमा सजिबनि बीमा योजना लिएकोमा २०७८ साल माघ २८ गते उनको हृदयघातका कारण मृत्यु भएको थियो ।

कम्पनीले १५ लाख रुपैयाँ बीमा वापतको रकम र बोनस वापतको २ लाख ५८ हजार ७८९ रुपैयाँ गरी १७ लाख ५८ हजार रुपैयाँ बराबरको चेक बीमित लिम्बुकी छोरी नबिना सुब्बा लिम्बुलाई हस्तान्तरण गरेको हो ।

उक्त बीमा दाबी भुक्तानी कार्यक्रममा प.स. वडा नं.७ का वडाध्यक्ष कपिलमणी ढकाल, बिजनेस म्यानेजर अभिकर्ता, क्लबमेम्बर, स्थानीय छरछिमेक र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*