एशियल लाइफ इन्स्योरेन्सद्धारा विद्यालय पोषाक तथा शैक्षिक सामाग्री वितरण

२९ चैत्र २०७८, मंगलवार ११:०३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकाल १४औं वर्ष पुरा गरी पन्ध्रौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीको नारायणगढ शाखा कार्यालयले सो अवसरमा चैत २८ गते सोमवार कालिका नगरपालीका वडा नं. १०, चितवन स्थित कालिका आधारभुत बिघालय निबुवाटारमा अध्ययनरत बिपन्न तथा पिछडिएका चेपाङ समुदायका १२ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि उक्त वडाका अध्यक्ष दिल बहादुर गुरुङ्ग र बिधालय ब्यवस्थापनाक अध्यक्ष माधव तामाङको उपस्थितिमा बिद्यालय पोषाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

ऊत कार्यक्रममा नारायणगढ शाखाका प्रमुख अबिशेष चापागाईले बीमा कम्पनि सेवा प्रदायक कम्पनि रहेको र पछिल्लो समय एशियन लाईफले सामाजीक क्षेत्रहरुमा पनि बिभिन्न तवरले योगदान पुरयाउदै आईरहेको, स्थानिय निकायहरु र शिक्षकहरुको सहयोग हुदै आएमा आगामी दिनहरुमा सामाजीक कार्यक्रमहरुलाई अझ ब्यवपकता दिने समेत जानकारी दिए ।

साथै उक्त कार्यक्रममा कम्पनिका कर्मचारीहरु, सिनियर एजेन्सी मैनेजरहरु र सामाजीक ब्यक्तित्व समेतको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*