२५ लाख कित्ता आईपीओ निष्कासनका लागि बिन्ध्यवासिनी हाइड्रोपावरले पायो अनुमति

२८ चैत्र २०७८, सोमबार १८:२५

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । कम्पनी २५ लाख कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट चैत २५ गते अनुमति पाएको हो ।

कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । कम्पनीले अब पहिलो चरणमा स्थानिय र दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*