मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

२८ चैत्र २०७८, सोमबार १७:२६

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले नुवाकोट र रसुवाकमासामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित शुलक्षणा माध्यमिक बिद्यालयका १०८ जना बिद्यार्थिहरु लाभान्वित भएका हुन् ।

त्यस्तै, रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत बिद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको हो । कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*