दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । सोमबार शेयर बजारमा उच्च अकंको गिरावट आएको छ । अघिल्लो कारोबारको दिन सुधार आएको नेप्से आज भने ४४.६४ अकंले घटेको हो ।
पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा भारी गिरावट आउदा आज कारोबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा सिमित भएको छ ।
सोमबार नेप्से भारी अकंले घटेर कारोबार समेत २ अर्ब रुपैयाँमा खुम्चिदा दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तमा नकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, नेपाल दुरसञ्चारको ६.१९ प्रतिशत, हिमालयन पावर पाट्नरको ५.६३ प्रतिशत, नेपाल लाईफ इन्स्योरेन्सको ५.०५ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.७३ प्रतिशत र शिव श्री हाइड्रोपावरको ४.५३ प्रतिशतले घटेको हो ।