दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राताम्य छाएको छ । अघिल्लो साताको अन्तिक कारोबारको दिन सुधार आएको नेप्से आज भने ४४.६४ अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँको कारोबार भएको हो ।
सोमबार नेप्सेमा उच्च गिरावट आउदा कारोबार समेत खुम्चिएको छ । कारोबार २ अर्ब २६ करोड रुपैयाँमा सिमित हुदाँ २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज नेष्डो समृद्धि लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, मिथिला लघुवित्तको २.६९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरको २.३१ प्रतिशत, एनआईसी एशिया डिबेञ्चरको १.९९ प्रतिशत, एग्रिकल्चर बैंक डिबेञ्चरको १.९५ प्रतिशत र आरबिबि म्युचुअल फण्डको १.८५ प्रतिशतले बढेको हो ।