बैंक अफ काठमाण्डूका ग्राहकहरुले दराज र सस्तोडिलमा बिशेष छुट पाउने
२८ चैत्र २०७८, सोमबार १३:३६
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र दराज वा सस्तोडिलबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका हुन । बैैंकले नयाँ वर्ष २०७९ साललाई लक्षित गर्दै बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले उक्त छुट पाउने समझदारी गरेको हो ।
बैंकको कार्डबाहकहरुले दराजबाट यस योजना अन्तर्गत आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुटको पाउनेछन् ।
साथै, कार्डबाहकहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई हजारसम्मको छुट पाउनेछन् ।