डिप्रोक्स लघुवित्तको संचालक परिवर्तन

२८ चैत्र २०७८, सोमबार १२:३६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक फेरबदल भएको जनाएको हो ।

यसअघि कम्पनीको संचालक समितिमा संंस्थापक समूहअन्तर्गत कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक यज्ञप्रकाश न्यौपानेको स्थानमा चैत २८ गतेदेखि लागू हुनेगरी संचालक समितिमा दीर्घ बहादुर अर्याललाई चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*