सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले नयाँ वर्षमा सुविधा सहितको योजना ल्यायो, ३ लाखको दुर्घटना बीमा सहित

२८ चैत्र २०७८, सोमबार १२:११

काठमाडौं । केन्ट उत्पादनका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएलले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्टले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’ भन्ने नारासहित योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत केन्टको कुनै पनि आरओमोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा ग्राहकले ३ लाखको दुर्घटना बिमा पाउनेछन् । यो ग्राहक योजना यही चैत्र २५ सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको छ । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*