गभर्नर अधिकारीको निलम्वनप्रति पाँच बैंक सम्बद्ध कर्मचारी संगठनहरुको असहमति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई निलम्बनप्रति चार वटा कर्मचारी संगठनले असहमति जनाएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले एक विज्ञप्ति निकाल्दै गम्भीर ध्यानाकृष्ट भएको जनाएको हो ।
आर्थिक संकटकाबीच केन्द्रिय बैंकबाट समय मै प्रेषित सूचना र सुुझावको कार्यान्वयनक गरी मुलुकको अर्थतन्त्रको उद्धारमा सवैदनशील हुनुपर्ने जिम्मेवार तालुक मन्त्रालय र सरकारको ध्यान बैंकको स्वायत्तता माथि हस्तक्षेप गर्नमा केन्द्रित भएको आरोप लगाएको छ ।
संकटपूर्ण घडीमा राज्यका सबैं तह र तप्काका निकाय, संस्था र आम जनसमुदायको विश्वास र सहकार्य जुटाउदैं, राष्ट्रिय एवम् अन्तर्राराष्ट्रिय कानूनको परिपालना गर्नुभन्दा आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्ने उद्देश्यका साथ राजनीतिक प्रतिशोधले कारवाही गरिएको आरोप लगाएका छन् । केन्द्रिय बैंकको स्वायत्ततालाई सम्मान गर्दै जारी हस्तक्षेप बन्द गर्न र निराधान आरोपका आधारमा शुरु गरिएको गभर्नर अधिकारीको कारबाही अविलम्ब फिर्ता गर्न समेत माग गरेको छ ।