बाग्मती प्रदेशको सार्वजनिक सवारी साधनको भाडादर सूची सार्वजनिक

२७ चैत्र २०७८, आईतवार १५:३७

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमति प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले आगामि बैशाख १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो ।

प्रदेशले सार्वजनिक गरेको भाडादरमा अबं उपत्यकामा ० देखी ५ किलोमिटरसम्मको २० रुपैयाँ, १० किलोमिटरसम्ममा २५ रुपैयाँ, १५ किलोमिटरसम्ममा ३० रुपैयाँ, २० किलोमिटरसम्ममा ३३ रुपैयाँ र २० भन्दा माथि ३८ रुपैयाँ लिन पाउनेछन् । त्यस्तै बागमति ट्याक्सीमा प्रति २०० मिटरको भाडादर ९।८० रुपैयाँबाट १० रुपैयाँ कायम गरिएको छ । प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको १।२० रुपैयाँ र प्रतिक्षा गर्ने अधिकतम समय तीस मिनेट कायम गरिएको छ ।

साथैं पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र संचालन हुने सवारी साधनको भाडा समायोजन हुने विज्ञप्तिमा उल्लेख गरीएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*