रिलायबल नेपाल लाइफद्धारा म्यादी बीमा दाबी भुक्तानी

२७ चैत्र २०७८, आईतवार १४:१९

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वैदेशिक म्यादी जीवन बीमा बापतको ११ लाख ५० रुपैयाँ प्रदान गरेको हो ।

कपिलबस्तु नगरपालिका कपिलबस्तु घर भएका २८ वर्षिक बीमित मनोज उपाध्यायले वैदेशिक म्यादी जीवन बीमा गरेका थिए । उनको पुस ९ गते को बाइक दुर्घटनामा परि मृत्यु भएको थियो । कम्पनीको चन्द्रौटा शाखामा भएको एक कार्यक्रमका बीच मृतककी श्रीमति प्रिति कुमारी दुलाललाई बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको हो ।

उक्त बीमा दाबी भुक्तानी कार्यक्रममा प्रमुख अतिथिका रुपमा इश्वर प्रसाद पाण्डेय रहेका थिए ।साथै बुटवल शाखाका मार्केटिङ हेड गणेश पाण्डेय र चन्द्रौटा शाखाको कर्मचारी सतेन्द्र चतुर्वेदी र चन्द्रौटा शाखाका अन्य अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संचालन चन्द्रौटा शाखाका शाखा प्रमुख देव सापकोटाले गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*