जीवन बीमा कम्पनीहरु प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित

२७ चैत्र २०७८, आईतवार १३:५५

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित भएको तथ्याङ्कले देखाएको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क भन्दा नविकरण बीमाशुल्क आर्जन दोब्बरले वृद्धि देखिएको छ ।

तथ्याङ्क अनुसार फागुन महिनासम्ममा कम्पनीले ९२ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, नवीकरण बीमाशुल्कबाट ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको समितको तथ्यांक छ ।यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा नविकरण बीमाशुल्कको हिस्सा ७१.८९ प्रतिशत छ भने प्रथम बीमाशुल्कको हिस्सा २८.११ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ। कम्पनीले यस महिनासम्ममा ४ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यसअवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
नविकरण बीमाशुल्क आर्जन वापत नेपाल लाइफले १९ अर्ब ९४ करोड रुपैयाँ, नेशनल लाइफले ६ अर्ब १६ करोड रुपैयाँ, १ अर्ब ३३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*