राष्ट्र बैंकको रिक्त हुन लागेको संचालकका लागि लबिङ सुरु
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले छानबिन गर्ने भन्दै निलम्बन परेपछि राष्ट्र बैंक संचालक समिति थप खाली हुने देखिएको छ। गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेसाँगै कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले पाएकी छन्।
राष्ट्र बैंकको सञ्चालक समिति सदस्यबाट डा. श्रीराम पौडेल र रामजी रेग्मी पाँच वर्षे कार्यकाल पुरा गरेर आगामी शुक्रबारबाट बिदा हुँदैछन्।कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले पाएकी छन्।
यहीबीच अर्का संचालक डा. सुवोधकुमार कर्ण पनि विवादमा तानिएका छन्। कर्णमाथि पनि कार्वाही भएमा संचालक समितिमा तीन जना मात्र हुनेछ । उनलाई गभर्नर अधिकारीले डेढ महिनायता संचालक समितिको बैठकमा सहभागी गराउन छाडेका थिए।
सरकारले गभर्नर अधिकारीलाई निसाना बनाउँदा कर्णमाथि छानबिन नगरेको पनि आरोप लगाएको छ। त्यसो हुँदा सरकारले कर्णमाथि कारबाही गर्ने सम्भावना पनि उच्च छ। राष्ट्र बैंक संचालक समितिमा उनको कार्यकाल एक वर्ष बाँकी छ। उनीमाथि कारबाही प्रक्रिया अगाडि बढेमा स्वतः निलम्बनमा पर्ने छन्।
यसो हुँदा राष्ट्र बैंकको संचालक समितिमा डा. तिमिल्सिना, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र र पदेन सदस्य अर्थसचिव मधुकुमार मरासिनी हुने छन्। राष्ट्र बैंकको रिक्त हुन लागेको संचालकका लागि अहिलेबाट लबिङ सुरु भएको स्रोतले जनाएको छ ।
रेग्मीले कार्यकाल दोहो¥याउन खोजेका छन्। पौडेलले पाँच वर्षअघि पुनर्नियुक्ति पाएका थिए। उनी राष्ट्र बैंकको सञ्चालक निरन्तर १० वर्षदेखि छन्।
राष्ट्र बैंकको संचालकका लागि त्यहिका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे, नारायण पौडेल लगायतको नाम चर्चामा छ।