समृद्धि फाइनान्सको अवतरित हकप्रद शेयर आजदेखि लिलामीमा

२७ चैत्र २०७८, आईतवार १३:०७

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर आजदेखि (चैत २७ गते) लिलामी प्रक्रियामा खुल्ला गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १ सय कित्ता सर्वसाधारण शेयर लिलामीमा बिक्री खुल्ला गर्ने लागेको हो ।

उक्त शेयर खरीदका लागि चैत २७ गतेदेखि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।

उक्त हकप्रद शेयरमा मेरो सेयरको मोबाइल एप, वेवसाइट, बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल मार्केट नक्साल तथा समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*