जीवन विकास लघुवित्तको साधारण सभा सम्पन्न, ७३ प्रतिशत लाभांश पारित

२७ चैत्र २०७८, आईतवार १२:३६

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण चैत २५ गते कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ३.६८४२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै सोही सभाले संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट बृद्धि गरी २ अर्ब पुर्याउने, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुर्याउने, नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रस्ताव र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने अर्थात् प्राप्ती गर्ने विषयलाई अनुमोदन गर्न प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको वासलात, आव २०७७।०७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धाण गर्ने प्रस्ताव समेत पारित गरेको हो । सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालन चयन हुनुपर्नेमा तीन जनाको आवेदन परेको थियो । जसमा २ जना संचालकको लागि भएको निर्वाचनमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि शेयरदाखिला खारेज किताब बन्द (बुकक्लोज) चैत १२ गतेदेखि चैत २५ गतेसम्मको गरेको हुदाँ चैत १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र प्रस्तावित लाभांश पाएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*