जाल्पा सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

२७ चैत्र २०७८, आईतवार १२:२०

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले २ पदका लागि कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ अधिकृतमा १ जना र कनिष्ठ सहायकमा केही संख्यामा कमचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि प्रमाणपत्र तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभव भएको कर्मचारी मागेको हो ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात (पासपोर्ट साइजको फोटो २ वटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, ब्यक्तिगत विवरण) बैशाख ९ गतेसम्म संस्थाको बेबसाइट www.jalpamf.com बाट फारम प्राप्त गरी फाराम अनुसारको विवरण भरी केन्द्रिय कार्यालय पोखरा ८ वा संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

सूचना स्रोतः फाइनान्सीय नोटीस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*