एनटीसीको सिमबाट ग्लोबल आइएमईको बैंकिङ एप चलाउदा डाटा निःशुल्क

२७ चैत्र २०७८, आईतवार ११:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा बिस्तारमा तिब्रता दिदै आइरहेको छ ।

सेवा बिस्तार गर्दै जाने क्रममा बैंकले नेपाल टेलिकमको सिमबाट ग्लोबल आइएमई बैंकको मोबाइल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा टाडा नघट्ने भएको हो । बैंकको ग्लोबल स्मार्ट प्लस एप एनटीसी प्रयोगकर्ताले चलाउदा डाटा नघटी जस्ताको त्यस्तै रहने भएको हो ।

२०६३ सालमा स्थापना भएको यस बैंकले २०७६ सालमा जनता बैंकसँग गाभिएपछि आफ्नो सेवाको दायरालाई झनै फराकिलो बनाउँदै गइरहेको छ । बैंकले देशैभर २८७ शाखा कार्यालय, ४८ एक्सटेन्सन काउन्टर तथा २७४ शाखारहित बैकिङ्ग सेवा र २५४ एटीएममार्फत् आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*