सुन तोलामा ८ सय रुपैयाँले वृद्धि, प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार

२७ चैत्र २०७८, आईतवार ११:२३

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । साताको पहिलो दिन सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*