एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२७ चैत्र २०७८, आईतवार १०:४४

एशियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घरदैलौ कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुलाई १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ ।

स्वर्गीय विष्णु कुमारीले २०७५ साल कार्तिक ३० गते कम्पनीमा १५ लाख रुपैयाँ बीमांकको २० वर्षको लागि बीमा गराएकि थिईन् ।
उनको हृदयघातबाट २०७८ साल माघ २८ गते मृत्यु भएको थियो । बीमितले कूल चार पटक वार्षिक किस्ता रकम भुक्तानी गरेका थिए। उक्त बीमांक वापतको १५ लाख र बोनस वापतको २ लाख ५८हजार ७ सय उनान्नब्बे रुपैयाँ समेत बीमितको छोरी नबिना सुब्बालाई शुक्रबार वडा नम्बर ७ का वडा अध्यक्ष कपिलमणी ढकाल र कम्पनीका सहायक क्षेत्रिय प्रमुख शान्तिराम निरौलाले संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन् ।

पथरी उपशाखा कार्यालय प्रमुख रमेश प्रधानले संचालन गरेको दाबी भुक्तानी कार्यक्रममा कम्पनीका अभिकर्ता, स्थानीय बासिन्दा र संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*