हिमालयन र नेपाल क्रेडिट एन्ड कमर्स बैंकद्धारा राष्ट्र बैंकको निर्देशन उल्लघंन

२७ चैत्र २०७८, आईतवार १०:२७

काठमाडौं । राष्ट्र बैंकको एलसी नखोल्न दिएको निर्देशन उल्लघंन गरेको छ । हिमालयन र नेपाल क्रेडिट एन्ड कमर्स बैंकले राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० नखोल्न दिएको निर्देशन उल्लघंन गरेका छन् ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले अत्यावश्यक वस्तुको एलसी नखोल्न वाणिज्य बैंकहरुका सिईओहरुलाई दिएको निर्देशन दिएको थियो । सो निर्देशन उल्लिखित बैंकहरुले उल्लंघन गरेका हुन् ।

केन्द्रीय बैंकले गत सोमबार सम्पूर्ण वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्न भनेको थियो । तर, दुई बैंकले मंगलबार र बुधबार विलासी वस्तुको एलसी खोलेका छन् ।

एनसीसीले विलासीको सूचीमा रहेको कस्मेटिक्स आयातका लागि एलसी खोलिदिएको छ । उसले २ लाख ५० हजार डलरबराबरको एलसी खोलेको बैंक स्रोतले बताएको छ ।

त्यसैगरी हिमालयन बैंकले बुधबार मात्रै १ लाख डलरको तयारी कार्पेट र ३ लाख डलरको मोबाइल आयातका लागि नयाँ एलसी खोलिएको हो । यी तीनवटै आइटम विलासीको सूचीमा छन् । तर, दुई बैंकले नियामकीय निर्देशनलाई लत्याउँदै सुटुक्क एलसी खोलिदिएका हुन् ।

कतिपय बैंकले कुन वस्तुको एलसी खोल्ने, कुनको नखोल्ने भनेर राष्ट्र बैंकलाई सोध्न थालेका छन् । तर, हिमालयन र एनसीसीले भने विलासी वस्तुकै एलसी खोलेका हुन् । दुई बैंकले एलसी खोलेपछि व्यापारीले ती बैंकको उदाहरण दिँदै अन्य बैंकमा पनि एलसी खोलिदिन आग्रह गरिरहेका छन् ।

रेमिट्यान्स सोचेअनुरुप नआएको, विदेशी ऋण र अनुदान नभित्रिएको, निर्यातमा उल्लेखनीय सुधार आउन नसकेपछि केन्द्रीय बैंक विदेशी मुद्रा कसरी जोगाउने भन्नेमा छ । यसअघि पनि आयातलाई निरुत्साहित गर्न शतप्रतिशतदेखि ५० प्रतिशतसम्म नगद मार्जिन राखेर मात्रै एलसी खोल्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*