बीमा समितिका टेकराज पाण्डेय र दिपक ज्ञवाली सहायक निर्देशकमा बढुवा
२६ चैत्र २०७८, शनिबार १६:११
काठमाडौं । बीमा समितिको प्रशासक तर्फ सहायक निर्देशकमा दुई जना कर्मचारीहरुको बढुवा भएको छ । बीमा समितिका टेकराज पाण्डेय र दिपक ज्ञवाली सहायक निर्देशकमा बढुवा भएका हुन् ।
बीमा समितिको कार्य सम्पादन मूल्यांकन वापतको औषत अंक र शैक्षिक योग्यताको आधारमा दुई जनालाई सहायक निर्देशक पदमा बढुवा गरिएको समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।