सनराइज बैंकले ल्यायो ग्राहकहरुका लागि अन्तर बैंक रकमान्तर सुविधा

२६ चैत्र २०७८, शनिबार ०४:४४

काठमाडौं । सनराइज बैंकले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकहरुले अन्तर बैंक रकमान्तर सुविधा लिन सक्ने सुविधा थप गरेको छ । यस सुविधा अन्र्तगत सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् ।

साथै सनराइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ्ग प्रतिनिधि मार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*